
इलाका प्रहरी कार्यालय गैंडाकोटका इन्सपेक्टर लोकबहादुर जिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । दुर्घटनाको मुद्दामा नक्कली चालक खडा गरी १० लाख रुपैयाँ घुस लिएको आरोपमा उनी पक्राउ परेका हुन् । बयानका लागि आयोगले मंगलबार बोलाएर उनलाई थुनामा राखेको हो ।
गत बैशाख ११ गते भएको दुर्घटनामा वास्तविक चालकलाई जोगाउन नक्कली चालक खडा गरेको पुष्टि भएपछि पक्राउ गरिएको आयोगले जनाएको छ ।





















