भोजपुरका नौ स्थानिय तहमध्य कुन स्थानीय तहमा कति बजेट ? (सूचिसहित)


भोजपुर, २१ जेष्ठ ।  गत जेठ १५ गते संघीय सरकारले आगामी आर्थिक बर्ष २०७६ ०७७ को बजेट संघीय संसदमा प्रस्तुत गर्यो । नौ वटा स्थानीय तह रहेको भोजपुरमा २ अर्ब १८ करोड २ लाख अनुदान प्राप्त भएको छ ।

दुई वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको भोजपुरमा नगरपालिकातर्फ षडानन्द नगरपालिकाले सबैभन्दा धेरै र गाउँपालिकातर्फ ट्याम्के मैयुङ गाउँपालिकाले धेरै अनुदान प्राप्त गरेका छन् ।

यो अनुदान वित्तिय समानीकरण र ससर्त अनुदान हो । यो रकम बाहेक पालिकालाई राजस्व बाँडफाडँ, विशेष अनुदान र समपूरक अनुदानबाट पनि थप रकम पाउनेछन् ।

कुन पालिकामा कति अनुदान ?

षडानन्द नगरपालिका ३५ करोड ३४ लाख , भोजपुर नगरपालिका ३२ करोड ३४ लाख , ट्याम्के मैयुङ गाउँपालिका २५ करोड ६९ लाख,आमचोक गाउँपालिका २१ करोड ५४ लाख , हतुवागढी गाउँपालिका २१ करोड ४६ लाख, रामप्रसादराई गाउँपालिका २० करोड २१ लाख,पौवादुङ्मा गाउँपालिका १८ करोड ७७ लाख, अरुण गाउँपालिका २१ करोड ९४ लाख , साल्पा सिलिछो गाउँपालिका २० करोड १९ लाख

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार