न्यायाधीशविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं । तनहूँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायविरुद्ध भ्रष्टाचार गरेको आरोप लगाई आइतवार विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

नक्कली प्रमाणपत्रको आधारमा जागीर खाएको आरोप लगाई उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । उपाध्यायको नक्कली प्रमाणपत्र भएको आशंकामा उनीविरुद्ध छानविन भएको थियो ।

छानविनकै क्रममा उनले यही जेठ २ गते न्यायाधीशको पदबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएको भएपनि उनीविरुद्ध मुद्दा दायर गरिएको न्यायपरिषद्बाट थाहा भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार