
भोजपुर ३ जेष्ठ ।
सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको बिरोध गर्दै भोजपुरका पत्रकारहरुले शुक्रवार जिल्ला प्रशासन कार्यालयमा सञ्चारसामग्री सहित १ घण्टा धर्ना दिएका छन् । सो विधेयकको बिरोधमा देशभर आन्दोलन गर्ने नेपाल पत्रकार महासंघको पहिलो चरणको कार्यक्रम अनुसार शुक्रवार सञ्चारसामग्री प्रदर्शनको धर्ना दिईएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरका अध्यक्ष श्यामकृष्ण दाहालले जानकारी दिए ।

धर्ना कार्यक्रमलाई सम्वोधन दाहालले सरकारको यो निर्णयले लोकतन्त्र नै धरापमा पर्ने वताए । यसअघि जेठ १ गते भोजपरका सबै सञ्चारकर्मीले कार्यक्षेत्रमा कालो पट्टी बाँधेर काम गरेका थिए । संसदमा दर्ता भएको बिधेयकले स्वतन्त्र पत्रकारिता, अभिब्यक्ति तथा प्रेस स्वतन्त्रता जस्ता कुराहरुलाई कुण्ठित पार्नेगरि ब्यवस्था गर्न खोजेकोले आन्दोलन गर्नुपरेको पत्रकार महासंघले जनाएको छ ।





















