
काठमाडौं । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल बीच लामो समयदेखि प्रेम रहेको र विवाह समेत भएका समाचारहरु बारम्बार आइरहन्छन् । तर यि जोडीबीच प्रेमसम्बन्ध भएको चर्चा चलिरहे पनि विवाह भएको पुष्टी भने गरेका थिएनन् ।
नायिका रेखा थापासँग सम्बन्धविच्छेद गरिसकेका निर्माता ओझाले हालै दिएको अन्तर्वार्तामा नायिका शिल्पा पोखरेलसँग पाँच वर्षअघि विवाह गरेको खुलासा गरेका छन् । बैवाहिक सम्बन्धमा नभएको भनिएका छविको नाम भने अभिनेत्री शिल्पा पोख्रेलसँग जोडिएर आएको धेरै समय भैसकेको थियो । तर उनिहरु दुबैले यसबारे केहि बोलेका थिएनन् । अहिले भने उनिहरुले बिवाह गरिसकेको खुलेको छ ।
५ वर्षअघि छबिले निर्माण गरेको चलचित्र लज्जाबाट डेब्यू गरेकी अभिनेत्री पोखरेल र छवि केहिबर्षदेखि गहिरो प्रेमसम्बन्धमा थिए । केहि हप्ताअघिदेखि निरन्तर मिडियामा उनिहरुले सुटुक्क बिहे भएको खबर आएपछि छविले यो कुरा स्विकार गरेको बताइन्छ ।५ बर्षदेखि लिभ इन टुगेदरमा रहे पनि अहिलेसम्म बिहे भएको बताएका थिएनन् । तर हालै उनिहरुले दिएको एउटा अन्तर्वार्तामा आफुहरुले ५ वर्ष अघिनै विवाह गरेको स्विकार गरेका हुन् ।