
ईटहरी । समय समयमा चर्चामा आइरहने नायिका प्रियंका कार्की पछिल्लो समय कलिउडमा खुब रुचाइएकी अभिनेत्री हुन् । उनले आफुभन्दा कम उमेरका प्रेमी आयुष्मान देशराजसँग बिबाह गरेपछि उनको चर्चा थप चुलिएको छ । झनै पछिल्लो समय आयुष्मान संगको रोमान्स सहितको तस्वीर सार्बजनिक पछि त उनको चर्चा व्हात्तै बढेको छ ।
समुन्द्र किनारका उनका यी हट अवतारले देख्ने जो कोही भुतुक्कै भइरहेकाक छन् । लामो समय अमेरिका बसेर चलचित्र सम्बन्धी अध्ययन गरेर नेपाली सिनेमा क्षेत्रमा पाइला राखेकी कार्की सर्वाधिक माग हुने नायिकाहरुमा पर्छिन । उनी पछिल्लो समय सामाजिक काममा पनि उत्तिकै जागरुक देखिएकी छिन् । देश विदेश घुम्न मन पराउँने प्रियंकालाई उनका फ्यानले इन्डोनेसियाको समुन्द्रमा यस्तो अवस्थामा देखेपछि चकित भएका छन् । प्रस्तुत तस्वीरहरु प्रीयंकाको ईन्स्टाग्रामबाट लिइएको हो ।