धरौटी बुझाउन नसकेपछि कलाकार प्रज्ञा जोशी जेल चलान


इटहरी । कलाकार तथा निमात्री प्रज्ञा जोशी जेल चलान भएकी छिन । जग्गा दिने भन्दै ५० लाख ठगी गरेको आरोपमा इटहरीबाट पक्राउ परेकी जोशी ४० लाख धरौटी बुझाउँन नसकेपछि जेल चलान भएकी हुन ।

लामो समय देखि इटहरीमा लुकिछिपि बस्दै आएकी जोशीलाई इटहरी प्रहरीले पक्राउ गरेको हो । केहि साता अघि इटहरी प्रहरीले पक्राउ गरेको थियो । सुबर्ण कुमारी श्रेष्ठले आफुलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाण्डौमा दिएको उजुरीको आधारमा कलाकार जोशीलाई पक्राउ गरी काठमाण्डौ लगिएको थियो ।

४० हजार धरौटी बुझाउँन नसके पछि कलाकार जोशी जेल चलान भएको प्रहरीले जनाएको छ । ५० लाख भन्दा बढि बाउन्स चेक दिएर ठगी गरेको आरोपमा पक्राउ परेको हो । महानगरीय अपराध अनुसन्धान महाशाखामा ठगीविरुद्ध उजुरी परेको थियो । कलाकार जोशी बारम्बार आर्थिक विवादमा पदै आएकी छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार