विराटनगर । विराटनगर महानगरपालिका–४ स्थित केसलिया खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले एउटा स्काईभेटरसहित ३ वटा ट्रिपर र एउटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
बिहीबार विहान ९ बजे खोला उत्खनन् गरिरहेको अवस्थामा अनटेष्ट स्काईभेटरसहित ना ५ ख ७४४५, को १ क १९६३, बा ८ ख ५९९४ नम्बरको ट्रिपर र को १ त २७९१ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नियन्त्रणमा राखिएको उक्त सवारीलाई आवश्यक कारवाहीका लागि विराटनगर महानगरपालिकाको कार्यालय पठाईएको छ ।



















