
भोजपुर,६ बैशाख ।
आमचोक गाउँपालिकामा छोङ्खा साकेन्वा रनिङ शिल्ड महिला तथा पुरुष भलिवल प्रतियोगिता शुरु भएको छ । ११ बैशाख सम्म सञ्चालन हुने प्रतियोगिताको गाउँपालिका अध्यक्ष अशोक राईले शुक्राबार उद्घाटन गरेका हुन् ।
प्रतियोगितमा भोजपुर, खोटाङ्ग, मोरङ र उदयपुरको गरि महिला तर्फ ७ टिम र पुरुष तर्फ ९ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने महिला टिमले नगद एक लाख सहित ८१ तोलको चाँदी शिल्ड पाउने छ भने, प्रथम हुने पुरुष टिमले नगद एक लाख ३३ हजार ३३३ सहित १०१ तोलाको चादीको शिल्ड पाउने छ ।
त्यस्तै दितिय हुने महिला टिमले नगद ६६ हजार र पुरुष टिमले नगद एक लाख पाउने आयोजकको भनाई छ । आमचोक खेलकुद विकास समिति आयोजना सञ्चालन भएको प्रतियोगिताको प्रायोजन गाउँपालिकाले गरेको हो ।


















