कांग्रेसले वैशाख ११ देखि राष्ट्रिय जागरण अभियान थाल्ने


काठमाण्डौ, ३ वैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यही वैशाख ११ देखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ ।

नेपाली कांग्रेसले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी वैशाख ११ गतेबाट राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने औंपचारिक जानकारी गराएको हो ।

सरकारले संघीयताको मर्म अनुसार काम गर्न नसकेको कुरा आम जनतालाई जानकारी दिन राष्ट्रिय जागरण अभियान संचालन गर्न लागिएको पार्टीका उपसभापति विमलेन्द्र निधिले बताए ।

तीन चरणमा सञ्चालन हुने राष्ट्रिय जागरण अभियान अन्तरगत पहिलो चरणको एक महिने कार्यक्रम ७७ जिल्लामा हुनेछ । त्यसैगरी दोस्रो चरणको कार्यक्रम भदौ २३ गतेदेखि असोज ७ गतेसम्म ३ सय ३० वटै निर्वाचन क्षेत्रमा सञ्चालन हुनेछ भने तेस्रो चरणको कार्यक्रम पुसको दोस्रो साता सबै पालिकामा हुने पनि कांग्रेसले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार