आईसीसी यू–१९ विश्वकप छनोट खेल्न नेपाली युवा टोली मलेसिया प्रस्थान


काठमाण्डौ, २३ चैत्र । आईसीसी यू–१९ विश्वकपका लागि एसिया छनोट प्रतियोगितामा सहभागी हुन नेपाली टिम आज मलेसिया प्रस्थान गरेको छ ।

मलेसियामा बुधबारदेखि हुने प्रतियोगितामा जान लागेको टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले बिदाइ गरे । नेपाली युवा टोली शनिबार दिउँसो १स्२५ बजे मलेसिया एअरलाइन्समार्फत क्वालालम्पूर गएको हो ।

रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिममा आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, भीम सार्की, रविकुमार साह, रित गौतम, कमलसिंह ऐरी, रसिद खान, सागर ढकाल, कुशल मल्ल, अभिशेक बस्नेत, हरिबहादुर चौहान, प्रतिश जिसी, आकाश चन्द, सूर्य तामाङ, लोकेश बम र शेर मल्ल छन् ।

प्रतियोगिताका लागि नेपाली टिमले भारतको अन्ध्रप्रदेशमा गएर प्रशिक्षण गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार