
भोजपुर, १८ चैत्र । भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ५ खावामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । खावा स्थित विद्युतको टार टाङ्ने क्रममा पौवादुङ्मा गाउँपालिका वडा नम्बर २ तिवारीभञ्ज्याङ्गका नविन राईको ज्यान गएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो ३ बजे तीर विद्युतको पोल टाङ्ने क्रममा करेन्ट लागेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





















