
भोजपुर, १८ चैत्र । धनकुटाको साँगुरीगढी गाउँपालिका – १० घोप्टे भीरमा सोमवार माथीबाट खसेको ढुंगाले लागेर भोजपुरको आमचोक गाउँपालिका देवानटारकी १ महिलाको मृत्यु भएको छ । दिउँसो १ बजे भोजपुर धरान पैदल मार्गमा धरान तर्फ जाँदै गर्दा देवानटारकी ४५ वर्षीय कबिता राईलाई माथीबाट ढुंगा खसेर लागेको थियो । ढुंगाले लागेर ढुंगा संगै अन्दाजी १ सय ५० मिटर तल खसेर राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।





















