कलाकार तथा निर्मात्री प्रज्ञा जोशी इटहरीबाट  पक्राउ


इटहरी । कलाकार तथा निमात्री प्रज्ञा जोशी इटहरीबाट पक्राउ परेकी छिन । ठगी धन्दामा संलग्न रहेको आरोपमा उनी पक्राउ परेकी हुन् । ५० लाख ठगी गरेर लामो समय देखि इटहरीमा लुकिछिपि बस्दै आएकी जोशी इटहरीबाट प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाण्डौमा दिएको उजुरीको आधारमा जोशीलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यलयले बताएको छ ।

सुबर्ण कुमारी श्रेष्ठले महानगरीय अपराध अनुसन्धान महाशाखामा ठगीविरुद्ध उजुरी दिएको आधारमा जोशीलाई पक्राउ गरीएको र उनलाई भोली काठमाण्डौ लौजाने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार