भोजपुरमा ५९ वर्षीय अपाङ्ग लक्ष्मीलाई घरमै पुगेर नागरीकता वितरण


भोजपुर, १७ चैत्र । भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ३ अन्नपूर्णकी ५९ वर्षीया लक्ष्मी घिमिरे घरमै नागरिकता पाउँदा दंग परेकी छिन् । जिल्ला प्रशासन कार्यालय भोजपुरले अपांगता भएकी महिलालाई घरमै पुगेर नागरिकता वितरण गरेको हो । वडा कार्यालय बाट सबै प्रक्रिया पूरा गरेपछि घिमिरेलाई प्रमुख जिल्ला अधिकारी हीरा देवी पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने र वडा अध्यक्ष पूर्ण प्रसाद राईले घरमै पुगेर नागरिकता प्रदान गरेका हुन् ।

यसअघि २०४४ सालमा नागरिकता पाएकी घिमिरेले घर सर्ने क्रममा नागरिकता हराएपछि नागरिकताबिहीन भएकी थिइन् । शारीरिक अपांगताकै कारण उनी नागरिकता लिन जान सकेकी थिइनन् । शरीरका आँधी भाग नचल्ने घिमिरे नागरिकता नभएपछि राज्यबाट पाउने सेवा सुविधाबाट बन्चित हुँदै आएकी थिइन् ।

नागरिकताका कारण आमाले राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित हुनु परेकाले अब राज्यले दिने सेवा सुविधा पाउन सजिलो भएको बताए । साथै अब आमाको नाममा जग्गा खरिदबिक्रीमा पनि सहजता हुने छोरा लक्ष्मी घिमिरले बताए ।

नागरिकता दिदै प्रमुख जिल्ला अधिकारी पौडेलले कुनै पनि नागरिक अपांगता भएकै कारण अनागरिक हुन् नपरोस र राज्यबाट पाउने सेवा सुविधाबाट कोहि बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सबै प्रक्रिया पूरा गरेर नागरीकता वितरण गरेको बताइन् ।

२०१६ साल बैसाख ९ गते सोहि गाउँपालिकाको वडा नम्बर ४ नागीमा जन्मिएकी लक्ष्मीले अन्नपूर्णका कृष्ण घिमिरेसँग विवाह गरेकी हुन् । नागरिकताकै कारण राज्यले दिने सेवा सुविधा बाट वञ्चित हुँदै आएकी घिमिरेको नागरिकता पाएसँगै मुहारमा खुसी छाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार