
कञ्चनपुर, १६ चैत्र । शनिबार बिहान कञ्चनपुरमा एक गर्भवती महिलाको डुबेर मृत्यु भएको छ । जिल्लाको वेदकोट नगरपालिका १ चम्फापुरका २० वर्षीया गर्भवती रीना रानाको डुबेर मृत्यु भएको छहो । इलाका प्रहरी कार्यालय झलारीका अनुसार रानाको खोलामा लुगा धुने क्रममा डुबेर मृत्यु भएको हो। राना छारेरोगी रहेकाले लुगाधुने क्रममा पानीमा लड्दा उठ्न नसकी मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ।
स्थानीयले बुहारी डुबेको खबर गरेपछि खोलामा पुग्दा बुहारीको मृत्यु भैसकेको अवस्थामा फेला पारेको उनले बताए। शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल लगिएको छ। मृत राना छारे रोगको औषधि सेवन गर्दै आएकी थिइन्।





















