
तेह्रथुम, १४ चैत्र । आठराई गाउँपालिका ६ चुहानडाँडाको हात्तीखर्क स्थित तमोर नदिको किनारमा सडेगलेको अवस्थामा शव फेला परेको छ ।
ईलाम नगरपालिका–९ बस्ने ६४ वर्षीय खुसप्रसाद लुइँटेल मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक राकेशकुमार पोदारले जानकारी दिए ।
शव सडेगलेको भएकाले पोस्टमार्टम गर्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । लुइँटेल गत फाल्गुन २८ गतेदेखि घरबाट बेपत्ता थिए । उनको मृत्युको कारणबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





















