लोकसेवाले २० हजार कर्मचारीका लागि आवेदन खोल्दै


काठमाण्डौ, चैत्र १४ । कर्मचारी समायोजन सकिएसँगै अब लोकसेवा आयोगले विभिन्न तहका कर्मचारीको लागि आवेदन आह्वान गर्ने तयारी गरेको छ ।

कर्मचारी समायोजन सकिएपछि बाँकी रहेका कर्मचारी पदपूर्ति गर्न आयोगलाई निर्देशन दिइएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताए ।

चालू आर्थिक वर्षभित्र आवश्यक सबै कर्मचारीहरुको व्यवस्था हुने गरी परीक्षाको तयारी गर्न आयोगलाई निर्देशन दिएको उनले बताए ।

समायोजनपछि पनि झण्डै २० हजार कर्मचारी अभाव रहेकाले त्यसलाई पूर्ति गर्नका लागि आयोगलाई निर्देशन दिइएको मन्त्री पण्डितले बताउनुभयो बताएका छन् ।
अब तत्काल लोक सेवा आयोगले २० हजार विभिन्न तहका कर्मचारीका लागि आवेदन खुला गर्नेछ । आयोगको परीक्षा पास गरेकाहरुबाट आवश्यक कर्मचारीको व्यवस्था गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार