भीरबाट लडेर एकजनाको मृत्यु


रुकुम पूर्व, १४ चैत । भीरबाट लडेर एक जनाको ज्यान गएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका ६ डिमुरगैरा निवासी ३६ वर्षीय तिलकबहादुर रोकाको यही गाउँपालिका–१३ को जुम्ल्याह भीरबाट लडेर ज्यान गएको हो ।

उनी मङ्गलबार लडेका थिए । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार, भीरबाट लडेर गम्भीर घाइते भएका रोकाको अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो ।

मङ्गलबार दिउँसो परेको हिमपातले बाटो अवरुद्ध भएपछि हिउँ हटाउँदै गर्दा उनी भीरबाट चिप्लिएको प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काले बताए।

पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्बर १३ बिर्गुमबाट घोडा लिएर ओख्मा जाने क्रममा उनी भीरबाट खसेका थिए । उनको टाउको र ढाडमा गहिरो चोट लागेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार