भोजपुर नगरपालिकामा आगोलागी हुँदा एक घर जलेर नष्ट


भोजपुर १२ चैत्र ।

भोजपुर नगरपालिका २ हेलौउछाको छोक्लामा आगोलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आगोलागीबाट स्थानिय मनसेर तामाङको एकतले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुुरले जनाएको छ ।

आगोलागिबाट घरमा रहेका लत्ता कपडा काठ पात करिव दुई तोला सुन नष्ट हुदा चार लाख ५० हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय भोपुरका पहरी निरिक्षक पान्डप कुमार राजवंसीले बताउनु भयो । सोमबार दिउसो लागेको आगो स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार