भोजपुरको शिद्धेश्वर माध्यमिक विद्यालयको ७१ औ वर्षिक उत्सव तथा अविभावक दिवस सम्पन्न


भोजपुर २६ फागुन ।

भोजपुर नगरपालिका –४ दाँवामा  रहेको शिद्धेश्वर माध्यमिक विद्यालयको ७१ औ वर्षिक उत्सव तथा अविभावक दिवस  सम्पन्न भएको छ । १९ गतेबाट शुरु भएको उत्सवको अवसरमा हाजीरीजवाफ, हिसाब दौड, नृत्य प्रतियोगीता, फुटबल, भलिवल लगाएतका प्रतियोगीता गरिएको विद्यालयले जानकारी दिएको छ  । शनिवार उत्सवको समापनको अवसरमा बोल्ने अधीकांस बत्ताले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागी सरकारी सेवा सुविधा लिनेका छोरीछोरी पनि सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश सभा सदस्य राजेन्द्र राईले शैक्षिक गुणस्तर सुधारका लागि अविभावकले पनि बेला बेलामा विद्यालयमा गएर आफ्ना छोराछोरीको विषयमा जानकारी लिनु पर्ने बताउँदै विद्यार्थी पनि सिक्नका लागि इच्छुक हुनु पर्ने बताउनु भयो । साथै उहाँले विद्यालय  सबैको साझा थलो भएकाले राजनितिकरण नगरी शैक्षिक गुणस्तर सुधारका  लागि सबैले पहल गर्नु पर्ने बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै कृष्णलक्ष्मी, लक्ष्मी श्रेष्ठ स्मृती प्रतिष्ठानका अध्यक्ष रोशन श्रेष्ठले, शैक्षिक क्षेत्रको विकासका लागि सवैले लागि पर्नु पर्ने बताउनु भयो । उहाले माटोको मायाले आफु जन्मेको हुर्केको ठाउँ तथा अध्ययन गरेको विद्यालयको शैक्षिक गुणस्तर सुधार्न आफुले सक्ने जस्तो सुकै सहयो गर्न पछि नपर्ने बताउनु भयो ।

उत्सवको अवसरमा विद्यालयको आर्थीक प्रतिवेदन प्रध्यान्ध्यापक गनु राज राईले प्रस्तुत गर्नु भएको थियो भने भौतीक प्रतिवेदन विद्यालय व्यवश्थापन समितिका अध्यक्ष हरी बहादुर खड्काले प्रस्तुत गर्नु भएको थियो ।  दिवसको अवसरमा विद्यालयमा स्थापना गरिएको अक्षय कोष मार्फत छात्रावृत्ती तथा पुरस्कार वितरण गरिएको थियो ।

 उत्सवको अवसरमा कृष्णलक्ष्मी, लक्ष्मी श्रेष्ठ स्मृती प्रतिष्ठान र दावाँली मिलन क्लव काठमाडौंको संयोजकत्वमा  अन्तर पालिका स्तरीय भलिबल प्रतियोगीता गरिएको थियो । प्रतियोगीतामा रामप्रसाद राई गाउँपालिका प्रथम, आमचोक गाउँपालिका दोस्रो र अरुण गाउँपालिका तेस्रो भएका छन् । प्रतियोगीतामा प्रथम, दोस्रो र तेस्रो हुने टिमले क्रमश ५० हजार, ३० हजार, २० हजार ट्रफि, मेडल र प्रमाणपत्र पाएको आयोजकले जनाएको छ ।   त्यस्तै विद्यालयले वय वृद्ध पदम बहादुर खत्री, पूर्व शिक्षक अविभावक संघका अध्यक्ष नारायण बुढाथोकी, शिक्षक लाल कुमार तामाङ, र विद्यालयका कर्मचारी कमल श्रेष्ठलाई सम्मान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार