अनमोल र प्रदीपसँग रोमान्स गर्न मन छ– अभिनेत्री अप्सना


अप्सना थापाले अभिनय गरेको थुप्रै फिल्म त प्रदर्शनमा आएको छैनन् । तर पनि धेरैको नोटिसमा उनी पर्न सफल छिन् । आजबाट प्रदर्शनमा आएको फिल्म ‘रुमालै छ चिनो’को कारणले उनी सबैतिर नोटिसमा पर्न सफल भएकी हुन् ।

भारत र पाकिस्तानको युद्धमा भारतको तर्फबाट युद्ध लडेका वीर गोर्खालीको कथामा बनेको यो फिल्मको उनी सोलो हिरोइन हुन् । सायद त्यसैको कारण पनि पछिल्लो समय उनी चर्चामा छिन् । करिब ७० जति म्युजिक भिडियो र ‘चोखो माया’ फिल्ममा काम गरेकी उनी ‘रुमालै छ चिनो’ डेब्यु भन्न रुचाउँछिन् । ‘यसै फिल्मबाट सबैतिर चिनिएकाले यसलाई डेब्यु भनेकी हुँ’, उनले भनिन् ।

श्रीमती र प्रेमिका छोडेर युद्ध लड्न जाने एक योद्धाको कथा भन्ने फिल्म निर्देशक ठकुरीले निर्देशन गरेका हुन् । फिल्ममा उनले अभिनेता सुशान्त कार्कीसँग रोमान्स गरेकी छन् । फिल्मको प्रदर्शनपछि आफ्नो अभिनय करियर उँभो लाग्नेमा उनी विस्वस्त छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार