जिल्ला प्रशासन कार्यालय भोजपुुरद्धारा बजार अनुगमन, यस्तो पाईयो बजारमा


भोजपुर ८ फागुन ।
भोजपुर सदरमुकाममा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमन गरिएको छ । नियमित अनुगमनका क्रममा खाद्य तथा किराना पसल र होटलको अनुगमन गरिएको हो । अनुगमनका क्रममा करीब १ लाख बराबरको म्याद नाघेका खाद्य तथा पेय पदार्थ भेटिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जानकारी दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेको नेतृत्वमा भएको अनुगमनका क्रममा वियर, चाउचाउ, विस्कुट, लगायतका खाद्य र पेय पदार्थ गरी ९७ हजार १ सय ७७ रुपैंयाको म्याद गुज्रिएका सामाग्री नष्ट गरेको छ । अनुगमन टोलीले सबै भन्दा बढी प्रधान होटल, सजिना किराना पसल, केएफसी होटल, उषा होटल एण्ड लज, सुम्निमा गेष्ट हाउस, विनिता होटल, शेर्पा स्टोर्स लगायतका पसलबाट म्याद गुज्रिएका पेय पदार्थ र खाद्यान्नका सामाग्री फेला पारेको छ ।

टोलीले जिल्ला अस्पताल छेउका पसलदेखि चारभञ्ज्याङ सम्मका २९ वटा पसलहरुको अनुगमन गरेको थियो । पछिल्लो समयमा प्रशासनले बजार अनुगमनलाई निरन्तरता दिन थालेको छ । अनुगमनका क्रममा म्याद गुज्रिएका अखाद्य सामग्री भेटिएका पसल तथा होटलका सञ्चालकलाई अर्को अनुगमनमा पनि यस्ता सामग्री भेटिएमा कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार