चौथो भोजपुर ट्रेल रेसमा उमेश र प्रिया विजयी


भोजपुर, ४ फागुन ।
चौथो भोजपुर ट्रेल रेसमा पुरुष तर्फ आमचोक गाउँपालिका –२ युँ का उमेश राई र महिला तर्फ खोटाङकी प्रिया राई प्रथम वनेकी छिन् । उमेशले निर्धारित ३६ किलोमिटरको दुरी ३ घण्टा ३१ मिनेट ३२ सेकेण्डमा पार गरेका थिए भने, प्रिया राईले निर्धारित दुरी ५ घण्टा १९ मिनेट ८ सेकेण्डमा पार गरेकी थिइन् ।

त्यस्तै पुरुष तर्फ द्धितिय भोजपुर नगरपालिका वडा नम्बर ५ बोखिम ढुङ्गेका सविन तामाङ वनेका छन् । तामाङले निधारित दुरी ३ घण्टा ४३ मिनेट ४ सेकेण्डमा पुरा गरेका थिए । त्यस्तै निधारित दुरी ४ घण्टा ८ मिनेट ३९ सेकेण्डमा पार गर्दै सोलुखुम्बु महाकुलुङ गाउँपालिका ५ का सुमन कुलुङ तृतिय वनेका छन् । त्यस्तै महिला तर्फ दितिय भोजपुर नगरपालिका –१२ टक्सारकी प्रतिभा श्रेष्ठ वनेकी छिन् । श्रेष्ठले ५ घण्टा ३६ मिनेट ३० सेकेण्डमा पुरा गरेकी थिइन् । सिन्धुपाल्चोक बतासेकी प्रीया तामाङले निर्धारीत दुरी ६ घण्टा १ मिनेट ४८ सेकेण्डमा पार गर्दै तेस्रो वनेकी छिन् । दौड पौवादुङमा गाउँपालिकाको सानोदुङ्मा माध्यामिक विद्यालय बाट दिर्घे भञ्ज्याङ, तीवारीभञ्ज्याङ, चिवाचुङडाँडा, हिलेभञ्ज्याङ, अरुण डाँडा, धापखर्क, मुँडे, पाँचधारे, देउराली हुँदै भोजपुर सदरमुकामको सहिद पार्क सम्म ३६ किलोमिटरमा गराइएको थियो । प्रतियोगीतामा महिला र पुरुष गरी १ सय ४६ जनाको सहभागीता रहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार