पौवादुङमा गाउँपालिकामा दुङमाली भाषा संग्रालय र सामुदायिक भवनको शिलन्यास


भोजपुर, ४ फागुन ।
भोजपुरको पौवादुङमा गाउँपालिकामा मिरा राई सामुदायिक भवन र दुङमाली भाषा संग्रालयको शिलन्यास गरिएको छ । प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले मिरा राईको सम्मानमा वडा नं ५ सानोदुङमामा सामुदायिक भवनको र गाउँपालिका केन्द्र च्याङग्रेमा दुङमाली भाषा संग्रालयको उद्घाटन गरेका हुन् । सानोदुङमामा जन्मेर खेल क्षेत्रको माध्यमबाट विश्वमा नेपाल र भोजपुरको नाम चिनाउनका लागि सफल भएको भन्दै राईको नाममा सामुदायिक भवनको निर्माण गर्न लागिएको हो ।

त्यस्तै गाउँपालिका भित्र रहेका भाषाको संरक्षण गर्ने उद्धेश्यले संग्रालय निमार्ण गरिने गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । संग्रालय स्थापनाले सबै भाषाको समान प्रचारप्रसार र संरक्षण, सम्वद्र्धन गर्ने उनको भनाई छ । सामुदायिक भवन निर्माणको लागि २० लाख र संग्रालय निर्माणको लागि १५ लाख प्रदेश सरकारले वजेट विनियोजन गरेको छ ।

त्यस्तै मिरा राईको सम्मानमा निर्माण भइरहेको अन्राष्ट्रिय स्तरको वहुउद्धेश्य रंगशाला निर्माणका लागि १ करोड ३५ लाख वजेट विनियोजन गरेको समेत मुख्य मन्त्री राईले जानकारी दिए । साथै राईले मिरा राईको अगुवाइर्मा भएको ३६ किलोमिटरको चौथो भोजपुर ट्रेल रेस, निशुल्क स्वाथ्य शिविरको पनि उद्घाटन गरे । त्येस्तै प्रदेश नम्बर १ का अर्थ मन्त्री इन्द्र आङबोले भोजपुरका युवाले रोजी रोटिका लागि बैदेशीक रोजगारीमा जानु पर्ने बाध्यता हटाउन प्रदेश सरकारको विषेश ध्यानाकर्षण भएको बताउदै १ नम्बर प्रदेशका जनताको आर्थीक स्तर उकास्नका लागि कृषी र पर्यटनका क्षेत्रको विकासमा प्रदेश सरकार निरन्तर लागि परेको वताए । उनले गरबी र बेराजेकारीको कारण बसाँई सर्नु पर्ने यहाँका जनताको बाध्यता अन्त्य भइसकेको पनि वताए । साथै मन्त्री आङवोले अहिलेको सरकारको कार्यकाल भित्रनै भोजपुरलाई समृद्ध र सबै जनताको आर्थीक जिवन स्तर माथी उकास्नका लागि प्रदेश सरकारले काम गरिरहेको वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार