नेकपा भोजपुरले संयुक्तरुपमा मनायो, २४ औं जनयुद्ध दिवस


भोजपुर १ फागन । २४ औं जनयुद्ध दिवस भोजपुरमा पनि शहीदहरुको सम्झनामा उनिहरुको फोटोमा माल्यार्पण गरि मनाईएको छ । पूर्व माओवादी कार्यलभोजपुरमा बुधवार आयोजना गरिएको कार्यक्रममा पुर्व एमाले तथा पूर्व माओवादीका जिल्ला स्तरका नेता कार्यकर्ताहहरु जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुल लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नेकपाका प्रदेश नं. १ कमिटी सदस्य राजेश खतिवडाले जनयुद्ध र जनआन्दोलनको बलमा भएको परिवर्तनलाई रक्षा गर्न र जनताको अधिकारलाई अझ थप बलियो बनाउन पार्टीमा जिम्मेवारी थपिएको बताए ।

त्यस्तै नेकपाका अर्का नेता शरणकुमार राईले संघीयतालाई संस्थागत गर्नका लागि शहीदहरुको त्याग र बलिदानीलाई उच्च मुल्यांकनका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । दिवसकै सम्झनामा बुधवार नेकपाले सदरमुकाममा दिपावली कार्यक्रमको आयोजना गरेको छ । दुई पाटीको एकिरण पछि संयुक्त रुपमानै कार्यक्रम गरिएको नेकपाका नेता सरण कुमार राई बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार