
एकजमना थियो, उमेर नपुग्दै विवाह गर्ने । अर्थात १० वा १२ बर्षको उमेरमा विवाह गरिदिने । छोरीलाई ‘कन्यदान’ दिएपछि स्वर्ग पुगिन्छ भन्ने सोचाईले कलिलै उमेरमा छोरीको विवाह गरिदिने चलन थियो ।
धेरै पर पुग्नुपर्दैन, हाम्रा पिता पूर्खा पनि यस्तै परिवेशबाट गुज्रिए । उनीहरुले त्यस्तो उमेरमा विवाह गरे, जतिबेला उनीहरुलाई दाम्पत्य जीवनबारे केही थाहा थिएन ।




















