
भोजपुर, २८ माघ ।
भोजपुर नगरपालिका १० भैसीपंखाको गजुरमुखी भिरमा ट्रक दुर्घटना भएको छ । आज साँझ ५ः३० हाइड्रोको सामान लिएर भोजपुर सदरमुकाम तिर आउदै गरेको को १ ख ४६९१ नम्वर को ट्रक अनिन्त्रित भई पल्टेको हो । दुर्घटनामा मानविय क्षति नभएपनि सडक भने अवरुद्ध भएको जनाईएको छ ।
वाटो अवरुद्ध भएसंगै भोजपुरबाट वाहिर जाने र जिल्ला आउने यात्रु अलपत्र परेका छन् । चालक भने घटना स्थलमा नरहेको नेपाल टेलिकम भोजपुरका प्रमुखराम सेवक यादवले जानकारी दिए । यादवले सुरक्षा निकायसंगै जिल्ला प्रशासनलाई दुर्घटनाको विषयमा आफुले जानकारी गराएको वताए ।