भोजपुरमा मेयरकप खुल्ला पुरुष फुटवल प्रतियोगिता हुने


भोजपुर २८ माघ ।
भोजपुर जिल्ला फुटवल संघ भोजपुरको आयोजनामा दोस्रो मेयरकप खुल्ला पुरुष फुटवल प्रतियोगिता हुने भएको छ । सोमवार पत्रकार सम्मेलन मार्फत फागुन १७ देखि २४ सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

 

प्रतियोगिता भोजपुर नगरपालिकाको मुख्य प्रायोजन तथा भोजपुर जिल्ला फुटवल संघ भोजपुरको आयोजनामा सञ्चालन हुन लागेको जिल्ला फुटवल संघ भोजपुरका कोषाध्क्ष विनम श्रेष्ठले वताए ।

प्रतियोगितामा विजेताले नगद रु दुई लाख र उपविजेताले एक लाख नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । खेलमा जिल्लाका नौ वटा स्थानिय तहका विभिन्न क्लव तथा जिल्ला बाहिरका खेलाडीले समेत सहभागिता जनाउन सक्ने श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको लागि ८ लाख अनुमान गरिएकोमा ६ लाख भोजपुुर नगरपालिकाको सहयोग रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार