पाँचथर, २६ माघ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङ एउटा समारोहमा मन्तव्य राख्ने क्रममा बेहोस भएका छन्।
शनिबार दिउँसो २ बजे पालिकाको ५ नम्बर वडाले आयोजना गरेको एउटा कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा अध्यक्ष नेम्बाङ बेहोस भएर कार्यक्रम स्थलमै दलेका र उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको पालिकाका योजना शाखा प्रमुख राजेन्द्र भट्टराईले बताए। नेम्बाङको मुटुको धड्कनसमेत शून्य रहेको भट्टराईले बताए ।
बेहोस भएर ढलेलगतै स्थानीय स्वास्थ्य चौकीमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि त्यहाँबाट इलाम लगिएको छ । इलाम पुगिनसकेकोले खास के भएको हो भन्ने थाहा नभएको र अध्यक्ष नेम्बाङ प्रेसरको बिरामी रहेको खुल्न आएको छ ।