शिक्षा क्षेत्रमा सुधारको खाँचो – मुख्यमन्त्री शेरधन राई


कानेपोखरी, २५ माघ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले शिक्षा क्षेत्रमा सुधारको खाँचो रहेको औँल्याएका छन् । कानेपोखरी गाउँपालिकामा रहेको जनसेवा माविको स्वर्ण महोत्सवमा शैक्षिक क्षेत्रमा बोल्दै उनले यस्तो बताएका हुन् । राईले शिक्षामा राजनीतिकरण भएको भन्दै त्यसको रोकथामका लागि शिक्षकलाई सम्मान तथा दण्ड गर्ने कार्यक्रम ल्याएको बताए ।

जीवनउपयोगी सीपमूलक शिक्षाको खाका प्रदेश सरकाले तयार पार्न थालेको उनको भनाइ थियो । अन्य प्रदेशको भन्दा तथ्याङ्कमा १ नम्बर प्रदेशको शैक्षिक अवस्था चित्त बुझदो भएको बताए । ७१ प्रतिशत जनसङ्ख्या साक्षर रहेको १ नम्बर प्रदेशमा ताप्लेजुङ र सङ्खुवासभामा साक्षरतादर कम भएको बताए । उनले प्रदेशका उत्कृष्ट १४ वटा सामुदायिक विद्यालयलाई सम्मान गर्नुका साथै इन्टरनेट सबै विद्यालयमा पु¥याएर पठनपाठनमा सहज बनाउने समेत बताए ।

मुख्यमन्त्री राईले प्रदेश सरकारको कामको मूल्याङ्कन २०७६ बैशाख ३ गतेपछि मात्रै जनताले गर्ने बताएका छन् । उनले अरु प्रदेशमा भन्दा नमूना काम भएको जनातले हेर्न पाउने आश्वासनसमेत दिए ।‘सरकारमाथ टिप्पणीसमेत शुरु भएको छ,’ मुख्यमन्त्री राईले भने, ‘केही दिन पर्खनुहोस् तपाईहरू आफैँले थाहा पाउनुहुन्छ के हँुदैछ भनेर ।’ उनले आफ्नै कार्यकालमा सुकुम्बासी समस्या समाधान गर्नेसमेत बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार