काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शान्ति प्रक्रियामा बाँकी रहेका कामलाई नेपाली मौलिकतामा नै टुंगो लगाउने बताएका छन्। मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले विगतमा द्वन्द्वरत पक्षले इमान्दारीपूर्वक बाँकी रहेका काम टुंगो लगाउन लागिपरेको र कुनै पनि विषयमा द्वविधासमेत नभएको बताए। अन्तर्राष्ट्रिय समुदायले द्वन्द्वकालीन विषयलाई लिएर अनावश्यक चासो लिएकोप्रति मन्त्री बाँस्कोटाले भने, ‘नेपालको विषय हो, हामी आफ्नै मौलिकतामा नै टुंगो लगाउँछौँ।‘ मन्त्री बाँस्कोटाले द्वन्द्वका विषयमा विदेशीकोभन्दा नेपालीको नै बढी चासो रहेको बताए। उनले भने, ‘विगतको द्वन्द्वमा घाइते हुने कोरु मर्ने कोरु हामी।
मार्ने कोरु हामी। टुहुरा हुने कोरु हामी। दर्दनाक अवस्था कसको भयोरु हाम्रो। विधवा विधुर हुने कोरु हामी। घरबास उठिबास लाग्ने कसकोरु हाम्रो। सारा क्षति बेहोर्नुपर्ने कोरु हामी। उहाँहरूको विदेशी सहयोगमा बनेका कतिपय संरचनामा पनि क्षति पुग्यो होला। चासोका निम्ति धन्यवाद। तर यो विषयलाई हामी हाम्रो मौलिकतामै, हाम्रो विशेषतामा नै टुंग्याउँछौँ।‘ प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा लगायतले विगतको समस्यालाई समाधान गर्न मतैक्यताका साथ लागिपर्नु भएकाले अनावश्यकरूपमा विषयलाई तन्काउनुको अर्थ नभएको मन्त्री बाँस्कोटाको भनाइ थियो। ‘विगतका कुरालाई अब कति कोट्याउने’, मन्त्री बाँस्कोटाले भने, ‘बाँदरले घाउ कोट्याए जस्तो धेरै नकोट्याउ।
‘ सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष एवं सदस्यले दिएको राजीनामा बारेको जिज्ञासामा मन्त्री बाँस्कोटाले नियमनअनुसार नियुक्त भएका व्यक्तिले राजीनामा दिनुलाई गलतरुपमा लिन नहुने बताए। सरकार ‘भ्याकेट’मा जान्छ श्रमजीवी पत्रकारको पारिश्रमिकका विषयमा सर्वोच्च अदालतले हालै गरेको आदेशका सम्बन्धमा मन्त्री बाँस्कोटाले पुनरावेदन ‘भ्याकेट’ मा जाने बताए। श्रमजीवी पत्रकारको मुद्दा सरकारको विशेष प्राथमिकतामा रहेको भन्दै यसलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो। मन्त्री बाँस्कोटाले सञ्चारगृहमा काम गर्ने पत्रकार, श्रमजीवी सबैलाई पछिल्लोपटक बढेको पारिश्रमिक उपलब्ध गराउनुपर्ने र त्यसमा सरकारले पूर्ण प्रतिबद्धताका साथ कार्यान्वयन गराउनेसमेत बताए।
‘यो सरकारको मात्रै विषय भएन, पत्रकारको विषय पनि भयो, तर सरकारले विगतमा गरेको निर्णयप्रति पूर्णरूपमा इमान्दार छ, कार्यान्वयन गराएरै छाड्छ, सर्वोच्चको आदेशका सम्बन्धमा हामी पुनरावेदन गर्छौं’, मन्त्री बाँस्कोटाको भनाइ थियो। मन्त्री बाँस्कोटाले नेपाल वायु सेवा निगमको दुई वटा वाइड बडी जहाज खरीदमा भएको भनिएको अनियमितता छानबिन जारी रहेको जानकारी दिए। यस्तै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गराउन सरकार प्रतिबद्ध रहेको बताए। ‘लोकतन्त्रमा विरोध गर्न, माग राख्न पाइन्छ।
सरकार छ र त माग राख्न पनि पाइएको छ। माग राख्ने माग राखन्छन् तर सरकारले निजगढ विमानस्थल बनाएरै छाड्छ’, मन्त्री बाँस्कोटाले बताए। उनले सर्वोच्चको पूर्ण फैसला प्राप्त भए पनि एनसेलले तिर्ने रकमका विषयमा आवश्यक निर्णय हुने बताए। यस्तै फरक एक प्रसंगमा मन्त्री बाँस्कोटाले नेपाल र अमेरिकाबीचको सम्बन्धमा कुनै पनि समस्या नरहेको बताए। उनले अमेरिकासँग देशसँग कुनै पनि असमझदारी नरहेको बताए