सङ्खुवासभा जिल्लामा रगतको माग बढ्दो, ब्लड बैंकको अभावमा समस्या


बाबुराम बास्तोला, सङ्खुवासभा २५ माघ । सङ्खुवासभा जिल्लामा दिनानुदिन रगतको माग बढ्दै गएको पाइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले दिएको जानकारी अनुसार जिल्लामा रगतको माग बढेको हो ।

रेडक्रसका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ५० जना सुत्केरी महिलालाई रगत दिइएको छ भने हेमोग्लोबिन कम भएका ३३ जनालाई समेत रगत प्रदान गरिएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७५/०७६ को पुस मसान्तसम्ममा मात्रै ६३ जना सुत्केरी आमालाई रगत दिइएको छ भने हेमोग्लोबिन कम भएका १२ जनालाई पनि रगत प्रदान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सङ्खुवासभाले सञ्चालन गरेको आकस्मिक रक्तसञ्चार सेवा २२ औ वर्षमा प्रवेश गरेको अवसरमा रेडक्रसले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

यही तथ्याङ्कलाई विश्लेषण गर्दा समेत जिल्लामा दिनानुदिन रगतको आवश्यकता बढेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सङ्खुवासभाका सभापति सरोजकुमार बज्राचार्यले बताए । उनका अनुसार सुत्केरी आमाहरूलाई नै बढी रगत प्रदान गरिएको छ ।

जिल्लामा ब्लड बैंक नहुँदा समस्या भएको सभापति बज्राचार्यले बताए । उनका अनुसार जिल्ला अस्पतालमा समेत ब्लड बैंक नहुँदा रगतको आवश्यक परेको बेला सेना र प्रहरीको सहयोग माग्नुपरेको छ । बज्राचार्यले दुखेसो गरे, ‘ब्लडको आवश्यकता पर्दा पहिले सम्झिने नाम हो रेडक्रस, अनि हामीले सेना र प्रहरीलाई पनि सम्झनु पर्छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार