झापामा बालकको मृत्यु भएको भन्दै अस्पताल तोडफोड


झापा ,२१ माघ । झापाको बिर्तामोडमा चिकित्सकको लापबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै विर्तासिटी हस्पिटलमा तोडफोड भएको छ ।

झाडापखाला लागेपछि उपचारका लागि ल्याइएका मेचीनगर-१४ का दुई वर्षीय बालकको मृत्यु भएपछि आक्रोशित परिवारले अस्पताल तोडफोड गरेका हुन् ।

इलाका प्रहरी कार्यालय, अनारमनीका प्रमुख डीएसपी सुवास खड्काका अनुसार स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको थियो ।

घटनापछि बसेको सर्वदलीय बैठकले मेची अञ्चल अस्पतालको सिनियर सुपरिटेन्डेन्टको नेतृत्वमा ५ सदस्यीय छानबिन टोली गठन गर्ने निर्णय गरेको छ ।टोलीले १० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा छानबिन प्रतिवेदन बुझाउनु पर्नेछ । जसको आधारमा दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तीको व्यवस्था गर्ने निर्णय भएको जनाइएको छ ।

परिवारका सदस्यले भने हस्पिटलमा इन्जेक्सन लगाएको केहीवेरमै बालकको मृत्यु भएको दाबी गर्दै चिकित्सकले गलत औषधि प्रयोग गरेको आरोप लगाएका छन् ।हाल बैठकपछि मृतकको शवलाई पोष्टमार्टमका लागि धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लाने तयारी गरिएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार