संखुवासभामा वाँसको आग्लो प्रहार गरि एक जनाको हत्या


संखुवासभा, २० माघ । संखुवासभाको खाँदबारी नगरपालिकामा एक जनाको हत्या भएको छ । खाँदबारी नगरपालिका–६ तल्लो पाङठा बस्ने ५० वर्षीय नरबहादुर भण्डारीले सोही वडा बस्ने ४४ वर्षीय बमबहादुर न्यौपानेलाई बाँसको आग्लोले टाउकोमा प्रहार गरी ज्यान लिएको संखुवासभाका प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए ।

शुक्रबार राति साढे ८ बजेतिर कारणले भण्डारीले न्यौपानेलाई कुटपिट गरेका थिए । कुटपिटबाट टाउकोमा गहिरो चोट लागेका न्यौपानेको मृत्यू भएको हो । भण्डारीलाई प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । न्यौपानेको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारीमा राखिएको पण्डितले जानकारी दिए । घटनास्थल सदरमुकाम खाँदबारीबाट करिब डेढ घण्टाको दूरीमा पर्दछ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार