भोजपुरको षडानन्द नगरपालिकाले गर्यो, खेलाडीलाई सम्मान


भोजपुर,१९ माघ। खाँदबारी मेयर कपको उपाधी विजेता भोजपुरको षडानन्द नगरपालिकाको भलिवल टीमलाई नगरपालिकाले सम्मान गरेको छ । आज एक कार्यक्रमका विच षडानन्द नगरपालिको परिषरमा टीम व्यवस्थापक तथा खेलाडीहरुलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेको हो ।

भलिवल टीम सम्मान कार्यक्रममा नगरपालिकाका मेयर विरवल राई, उपमेयर मेरिका राई, विभिन्न वडाका वडाध्यक्षहरु, षडानन्द सिताराम गुठीका पदाधिकारीहरु, पत्रकार, खेलप्रेमी, वुद्धिजिवि, लगायतको उपस्थिति रहेको थियो । उपस्थितले सम्पूर्णले भलिवल टीमले नगरको साथै जिल्लाकै नाम उच्च राख्न सफल वनाएकोमा खेलाडीहरुलाई वधाई दिए ।

नगरपालिकाले सम्मान गरेकोमा भलिवल सँग सम्वन्धितले खुःशी व्यक्त गरेका छन् । टीमका व्यवस्थापक तथा जिल्ला खेलकुद विकास समितिका अभ्यक्ष सुमन राईले नेपालको राष्टिय खेल भलिवलका खेलाडीहरु सम्मानित हुनु खशीको कुरा भएको र नयाँ शुरुवात भएकोमा खेलाडीलाई पनि हौसला मिलेको वताए ।

षडानन्द नगरपालिका १ मा जन्मीएर भोजपुर तथा देशकै भलिवलको विकासमा खेलाडी, रेफ्री तथा कोचको भुमिकावाट विशेष योगदान दिएर हाल अष्टेलीयामा रहेका विज्ञान अधिकारीले टीमले हिजो जित्दा जति खुशी लागेको थियो त्यो भन्दा धेरै खुशी आज खेलाडीहरु सम्मानित हँुदा भएको फेसवुक मार्फत व्यक्त गरेका छन् । षडानन्द नगरपालिकाको भलिवल टीमका महत्वपूर्ण सदस्य ईश्वर वस्नेतले पनि यसरी सम्मानित भए पछि खेल क्षेत्रमा योगदान दिन हौसला मिलेको वताए ।

प्रतियोगिताको विजेता षडानन्द नगरपालिकाले उपाधिका साथमा नगद एक लाख ३४ हजार रुपैयाँ , तीन वर्षे रनिङ शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता टिम सभापोखरी गाँउपालिकाले ६७ हजार रुपैयाँ नगद, ट्रफी, पदक र प्रमाण पत्रमा थित्त बुझायो । सेमि फाईनलमा पराजित भएका मकालु गाउँपालिका र पाँचखपन नगरपालिकाले नगद ३३ हजार ५ सय रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगिताको उपाधिका साथै उत्कृष्ठ खेलाडीको षडानन्द नगरपालिकाका प्रदिप श्रेष्ठ र उत्कृष्ट सेटरमा षडानन्द नगरपालिकाका दमन उदास घोषित भए । प्रतियोगितामा भोजपुरका २ र संखुवासभाका १० पालिकाका टीमको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार