भोजपुरमा के भने ? पुर्व प्रधानमन्त्री तथा नयाँ शत्तिका संयोजक डा.वावुराम भट्टराईले (भिडियो सहित )


भोजपुर, १९ माघ।
पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.वावुराम भट्टराईले नेपाललाई अव आर्थिक समृद्धिको वाटो तर्फ लैजानु पर्ने वताएका छन् । भटट्राईले मध्य पहाडी लोग मार्ग जनसंवाद अभियान अन्तर्गत भोजपुरको टुडीखेलमा भएको कार्यक्रमलाई सम्वोधन गदै यस्तो वताएका हुन् ।
उनले नेपाल भारत र चिन जस्ता तिव्र आर्थिक समृद्धि तर्फ गइरहेको देशको विचमा रहेकोले अवको सरकारको आर्थिक समृद्धिलाई पहिलो प्राथमिकताका राखेर काम गर्नु पर्ने वताए।
साथै उनले नयाँ शक्ति पार्टी नेपालले देशको समृद्धिको खाका कोरेर आफ्नो क्रियाकलाप अगाडी वढाएको समेत वताए ।
उनले भने ‘नेपालको राजनैतिक क्रान्ति सकियो अव हाम्रो ध्यान जनताको आर्थिक विकासमा जानु पर्छ, अवको सरकारले यस तर्फ ध्यान दिन आवश्यक छ।’
संयोजक भट्टराई सहितको टोलीले जनताका गुनासा सुन्ने लक्ष्यका साथ विभिन्न ठाउँमा जनसंवाद कार्यक्रम गरिरहेको छ । यो अभियान अन्र्तगत शनिवार भोजपुरको अरुण गाउँपालिकाको प्याउली, पौदुङ्ममा गाउँपालिकाको च्याङ्ग्रे भोजपुर सदरमुकाम लगाएत ठाउँमा कार्यक्रम सम्पन्न गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार