
भविन कार्की माघ १९ संखुवासभा ।
संखुवासभामा खाँदबारी नगरपालिका–६ मा ढोकाको आग्लो प्रहार गए राति एक जनाको मृत्यु भएको छ। आग्लो प्रहार बाट खाँदबारी–६ पांठाका बमबहादुर न्यौपानेको मृत्यु भएको छ ।
गए राति ८ः ३० बजे सोहि ठाउँका ५० वर्षीय नरबहादुर भण्डारीले ढोकाको आग्लो प्रहार गर्दा ४७ वर्षीय बमबहादुर न्यौपानेको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक रामेश्वर पण्डितले जानकारी दिए। मादक पदार्थ सेवन गरेका न्यौपानेले होहल्ला गर्दे भण्डारीको घरमा ढोका ढकढक्याउँदै आएपछि भण्डारीले आक्रमण गरेको प्रहरीको भनाइ छ ।
मृतकलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ। भने भण्डारीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक पण्डितले जानकारी दिए ।