गाँजासहित दुईजना पक्राउ


ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फुङलिङ नगरपालिका–६ का १९ वर्षीय सन्तोष लिम्बू र सोही ठाउँका १८ वर्षीय वुद्धहाङ लिम्बू रहेका छन् ।

उनीहरूलाई गाँजा बोकेर हिँडिरहेको अवस्थामा मंगलबार जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई लागूऔषध मुद्दा दर्ता गरी अदालतवाट म्याद थपको अनुमति लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार