‘भोजपुर सेवा समाज युएई’ र‘भोजपुर हातेमालो समाज युएई’ विच एकता प्रक्रिया शुरु


भोजपुर, १८ माघ ।
‘भोजपुर सेवा समाज युएई’ र ‘भोजपुर हातेमालो समाज युएई’ विच एकता प्रक्रिया शुरु भएको छ । दुवईमा रहेका यी सस्थाहरुले छुट्टा छुटै रुपमा आफ्ना विभिन्न खाले कार्यक्रमहरु सञ्चालन गर्दै आएका थिए ।

दुवै सस्थाका उच्च तहका पदाधिकारी विचको छलफलपछि आज एकताको लागि प्रक्रिया अगाडी वढाएको भोजपुर हातेमालो समाज युएईका उपाध्यक्ष छिरिङ्ग शेर्पाले जानकारी दिए ।

भुगोल, लक्ष्य र उदेश्य एउटै भएकाले एक भएर अघि बढ्नुको विकल्प नभएकोले संस्थालाई एकता गरि समग्र भोजपुर र भोजपुरेहरुको हितमा समाजिक कार्य गर्दै अघि बढ्ने निस्कर्ष दुवै सस्थाले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार