भोजपुर, १७ माघ ।
भोजपुरको अरुण गाउपालिका ६ जरायोटारका मान बहादुर खड्काको आई एम ई लाईफ इन्स्योरेस कम्पनी भोजपुरले विमा बापतको रकम भुक्तानी गरको छ । कम्पनीले विहीबार एक कार्यक्रमको आयोजना गरि विमा मृत्यु दावि रकम भुक्तानी गरेको हो ।
विमा मृत्यु दावि भुक्तानी बापतको १३ लाख रकम कार्यक्रमका प्रमुख अतिथी कैलास कुमारलेद्धारा मृतककी श्रीमती संगिता खड्कालाई भुक्तानी गरिएको आई एमइ लाईफ इन्सुरेन्स भोजपुरका शाखा प्रमुख नविन भारतीले जानकारी दिए ।
खड्का केही वर्ष अगाडी बैदेशीक रोजगारीको लागि साउदी गएका थिए तर उनीे विरामी भएर घर फर्किए पछि गत पुसमा मृत्यु भएको थियो । कार्यक्रममा रणवम गण भोजपुरका प्रमुख प्रविण घिमीरे, जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशव कुमार थेवे, आई एम ई लाईफ इन्सुरेन्स एक नम्वर प्रदेश प्रमुख कर्मनाथ पौडेल , पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।