भोजपुरका मुख्य– मुख्य समस्याको समाधन प्रदेश सरकारले गर्छ : मुख्यमन्त्री राई (भिडियो सहित)


भोजपुर, १५ माघ ।

प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले प्रदेशसंगै भोजपुरका मुख्य मुख्य समस्या समाधनका लागि प्रदेश सरकार गम्भिर भएर लागेको वताएका छन् । भोजपुरको गोगनेमा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै राईले यस्तो वताएका हुन् । राईले जिल्लाका मुख्य र महत्वपुर्ण सडकलाई क्रमश स्तर उन्नती गर्दै लाने र कालोपत्रेको प्रक्रिया अगाडी वढ्ने वताए । उनले भने‘ प्रदेश संगै जिल्लाका मुख्य समस्याको समाधानका लागि प्रदेश सरकारले योजनावद्ध ढंगले काम अगाडी वढाएको अव तपाईहरुले पक्कै विकासको अनुभुति गर्न पाउनु हुन्छ।’

राईले भोजपुर सदरमुकाम देखि दक्षिणी क्षेत्र घोडेटार र सदरमुकाम देखि उत्तरी क्षेत्रको सडक विस्तारको कामलाई अगाडी वढाएर केहि वर्षमै कालोपत्रेको प्रक्रियामा लैजाने वताए । उनले भने ‘ जिल्लाका मुख्य सडक विस्तारको जिम्मा प्रदेश सरकारले लिन्छ र कतिपय ठाउमाँ काम थालनि भई भईसकेको छ । सवै सडकलाई १२ महिना चल्ने वनाउनु पर्छ भन्ने मेरो ध्यान गएको छ । ’
त्यस्तै राईले कोटको दिप्सा, गोगने हुदै पाँचधारे जाने सडकलाई वहुवर्षे सडकमा राखेर प्रदेश सरकारको तर्फबाट सवा १ करोड वजेट विनियोजन गरेको समेत जानकारी दिए । गुम्वा देखि गोगने हुदै लेखर्क जोड्ने सडकलाई आगामी वर्षमा राम्रो अंकमा वजेट विनियोजन गरी वर्र्षै भरि चल्ने सडक निर्माण गरिने वताए । त्यस्तै टेम्के पाँचधारे, तावा भञ्याङ र आसपासका क्षेत्रलाई आकर्षक पर्यटन केन्द्रको रुपमा विकास गर्दै टेम्के भ्यू टावरको पक्रिया अगाडि समेत वताए ।

  जसका लागि सम्बन्धीत गाउँपालिकाका प्रमुख संग छलफल भइसकेको बताए । साथै राईले, सदरमुकाम देखि एयर पोर्ट सम्मको सडक र जिल्लामा अन्तराष्ट्रिय स्तरको रंगाशालाको चाडै शिलान्यास गर्ने समेत वताए ।
राईले जिल्ला भित्रका छिमेकी जिल्लालाई जोड्ने सम्पुर्ण नदिनाला खोला खोल्सीहरुमा आफनो कार्यकालमा सवै सडक पुलहरु वनिसक्ने गरि डिजाइन, डिपिआर तयार गरि टेन्डर आह्वन गर्ने कामको शुरुवात भएको समेत जानकारी दिए । उनले भने‘ जिल्ला र छिमेकी जिल्ला जोड्ने सम्पुर्ण सडक निर्माणको काम मेरो कार्यकालमा सम्पन्न गर्नको लागि काम गरेको छु । ’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार