भोजपुरका प्रताप राई घरबाटै प्रक्राउ


भोजपुुर १४ माघ ।
भोजपुुरको हतुवागढी गाँउपालिकाबाट एक व्यक्तिलाई प्रहरीले प्रक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले सवारी ज्यान सम्बन्धी कसुरमा कैद सजाएका अभियुक्त प्रताप राईलाई पक्राउ गरेको हो ।
सवारी ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत सुनसरीबाट एक वर्ष ११ महिना ४ दिन कैद र २३ हजार जरीवाना तोकिएका हतुवागढी गाउँपालिका वडा नम्बर -४ खैराङका राईलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार खैराङ स्थित उनकै घरबाट पक्राउ परेका राईलाई सुनसरी अदालत बाट २०७३ साल असार २९ गते मुद्धा फैसला भई जिल्लामा लागत आइसकेकाले सोमवार कारागार चलान गरिएको प्रहरीले जनाएको छ । २०७२ साल चैत्र ११ गते इटहरीको पकलीमा राईले चलाएको ट्याक्टर दुर्घटना हुँदा गौरव रोक्काको घटना स्थलमै ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार