
भोजपुर १३ माघ ।
भोजपुरमा जिल्ला स्तरिय लैङगिक हिँसा नियन्त्रण सञ्जाल समितिको गठन गरिएको छ । आइतवार एक कार्यक्रमको आयोजना गरि जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक केशव कुमार थेवेको संयोजकत्वमा १७ सदस्य सञ्जाल समिति गठन गरिएको हो । समितिको सल्लाहाकारमा जिल्ला समन्वय समितिका उपप्रमुख अनिशा खड्का र भोजपुर नगरपालिकाका उपमेयर ममिता राई रहेका छन् ।

जिल्लामा रहेका मानव अधिकार संग सम्वन्धी काम गर्ने विभिन्न संघ संस्था उधोग वाणिज्य संघ, नागरिक समाज, सामुदायिक सेवा केन्द्र , अनौपचारिक क्षेत्र सेवा केन्द्र इनसेक, पत्रकार महासंघ लगाएत कार्यालयका प्रमुख तथा प्रतिनिधी सदस्य रहेने गरि समितिको गठन गरिएको हो । जिल्लामा हुने लैङगिक हिंसाका घटना न्युनिकरण गर्ने उद्देश्यका साथ समितिको गठन गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशव कुमार थेवेको भनाई छ ।
समितिले जिल्लामा लैङगिक हिंसावाट प्रभावित भएकाहरुलाई तत्काल उद्दार, घटना स्थलको सुरक्षा तथा पीडितको पचार तथा राहातमा सहयोग समते गर्न सक्ने प्रमुख थेवेले बताए । समितिको कार्यअवधी दुई वर्षको रहने व्यवस्था छ ।





















