बाराका प्रमुख जिल्ला अधिकारी चढेको गाडी दुर्घटना, सशस्त्रका एसपी पोखरेलको घटनास्थलमै मृत्यु


काठमाडौं । बाराका प्रमुख जिल्ला अधिकारी ९सह–सचिव० गणेश भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको बा। १ झ १६३३ नम्बरको गाडी दुर्घटना भएको छ ।

दुर्घटनामा परेर सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी हरि पालले रातोपाटीलाई जानकारी दिए । बाराका प्रजिअ भट्टराईको अवस्था भने चिन्ताजनक रहेको बताइएको छ ।

बाराको कलैयाबाट निजगढ जाने क्रममा हाईवेमा रोकिराखेको ट्याक्टरसँग ठोक्किएर प्रजिअ चढेको गाडी दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका प्रमुख जिल्ला अधिकारी भट्टराईलाई उपचारका लागि वीरगञ्ज लगिएको छ । उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भईरहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार