हात खुट्टा बाधिएको अवस्थामा सिमेन्ट उद्योगका व्यवस्थापक मृत फेला


झापा । झापाको भद्रपुर नगरपालिका – ९ मा रहेको मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल दुगड संकास्पद अवस्थामा मृत भेटिएका छन् ।हातखुट्टा बाधिएको अवस्थामा आज विहान उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार भारत पटना घर भएका ६१ वर्षीय दुगड विगत तीन वर्षदेखि सो सिमेन्ट उद्योगमा काम गर्दै आएका थिए ।

पर्शुराम अग्रवालले सञ्चालन गरेको सिमेन्ट उद्योगमा व्यवस्थापक नै संकास्पद अवस्थामा मृत भेटिएपछि नेपाल प्रहरीको कुकुर शाखा धरानबाट कुकुर ल्याएर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख ढकालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार