
भोजपुर,१२ माघ ।
भोजपुरको रामप्रसाद गाँउपालिका– ८ वासीखोरामा आगलागी भएको छ । आगलागीबाट स्थानिय राजेन्द्र राईको घर जलेको प्रहरीले जनाएको छ । शुक्रवार दिउँसो १२ वजे भएको आगलागीबाट करिव २ लाख ५० हजार वरावरको क्षति जनाइएको छ ।
प्रहरी घटना स्थलमा गएकोले सम्पुर्ण विवरण आउन बार्करहेको प्रहरीले जनाएको छ । आगलागीबाट राईको २ तले घर जलेर नश्ट भएको भएपनि मानविय क्षति भने नभएको स्थानियको भनाई छ । आगो स्थानियको सहयोगमा नियन्त्रणमा आएको थियो ।





















