संखुवासभामा ट्रिपरले बसलाई ठक्कर दिदाँ १७ घाइते


भविन कार्की संखुवासभा ३ माघ ।
संखुवासभाको धर्मदेवि नगरपालिकामा ट्रिपरले  बसलाई ठक्कर दिदाँ १७ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बिहिबार दिउसो धर्मदेवि–५ नर्सरी चोकमा मुडेबाट चैनपुर जादै गरेको बा २ क ८५१५ ट्रिपरले को १ ख २१६१ नम्बरको बसलाई ठक्कर दिदा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक रामजी कटुवालले जानकारी दिए ।

बस चैनपुर नगरपालिका –१ नुनढाकी बाट धरान जाँदै गर्दा धर्मदेवि–५ नर्सरी चोकमा ट्रिपर संग ठोकिएको थियो । गम्भीर घाइते हुनेमा झापा बुद्ध शान्ति गाउँपालिका–४ का ८२ बर्षिय खड्ग लिम्बु ,चैनपुर नगरपालिका–५ की ५० बर्षिय मेनुका थापा , चैनपुर–२ का १८ बर्षिय सन्तोश गौतम र चैनपुर–२ की १० बर्षिय सविना खाती रहेका छन् । उनहरुको थप उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरी निरिक्षक कटुवालले जानकारी दिए ।

अन्य सामान्य घाइतेको धर्मदेवि नगरपालिका मुडेमा उपचार भइरहेको प्रहरीको भनाइ छ । ट्रिपर चालक धर्मदेवि–५ का धन बहादुर दमाई र बस चालक मोरङका मानबहादुर आले मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार