भोजपुर, २३ पुस ।
साल्पासिलिछो गाउँपालिकाले आफ्ना जनप्रतिनिधीलाई कम्प्यूटर दक्षता लागि १० दिने आईटी तालिम दिएको छ । जनप्रतिनिधीलाई व्यवहारिक मात्र नभई प्रविधि सम्बन्धि ज्ञानमा सक्षम बनाउन तालिम दिईएको गाउँपालिकाले जनाएको छ ।
प्रविधिको बारेमा अनविज्ञ जनप्रतिनिधीलाई कम्प्यूटर र ईमेल, ईन्टरनेट चलाउन सक्ने क्षमताको विकास गराउन गाउँपालिकाले ६ वटै वडाका जनप्रतिनिधी र कार्यपालिकाका सदस्य गरि १४ जनालाई तालिममा सहभागी गराईएको गाउँपालिकाका सुचना तथा सञ्चार प्रविधि अधिकृत ईश्वर प्रसाद भट्टले जानकारी दिए ।