‘भोजपुर सेवा समाज युएई’द्धारा क्यान्सर पीडितलाई आर्थिक सहयोग


भोजपुर, ६ पुस ।
‘भोजपुर सेवा समाज युएई’ले व्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । समाजले भोजपुरको षडानन्द नगरपालिकाकी असली मैया विकलाई सहयोग ४१ हजार ७ सय ७५ रुपैंया आर्थिक सहयोग गरेको हो ।

लामो समय देखि व्लड क्यान्सरबाट पीडित विकको पारिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गरिएको समाजका सह- कोषाध्यक्ष टिकाराम वस्नेतले जानकारी दिए । समाजले ‘असली मैया विकलाई बचाउ अभियान’ चलाएर रकम संकलन गरि आर्थिक सहयोग गरेको समाजका अध्यक्ष भिम थापाले जानकारी दिए ।

भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेकी विकलाई अस्पतालमै पुगेर समाजका संरक्षक खेमराज बस्नेतले रकम हस्तान्तरण गरेको महासचिव विमला लामिछानेले वताइन्।
समाजले यस अघि पनि विभिन्न समाजिक क्षेत्रमा काम गर्दै आएको समाजका वरिष्ठ उपाध्यक्ष राम किराँतले जानकारी दिए । रकम हस्तान्तरण कार्यक्रममा षडानन्द नगरपालिकाका मेयर विरवल राईसंगै नेपाली काङ्ग्रेस भोजपुरका जिल्ला सभापति नन्दमणि राई लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार